Logo
Logo

तराईका केही क्षेत्रमा हावा-हुरीको सम्भावना


189
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मुख्यतया मौसम सफा छ ।

शनिबार दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावा–हुरीको सम्भावना रहेको महाशाखाल जनाएको छ ।
यस्तै, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्