Logo
Logo

चितवनमा खोरेतविरुद्धको खोप अभियान


315
Shares

चितवन । जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।

अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । ‘आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । हाम्रो अभियान पालिकाका पशुलाई रोगमुक्त बनाउनु हो’ उनले भने, ‘पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई खोपलगाइनेछ ।’

बाख्रालाई भने भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनले बताए ।
खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताए । अभियानलाई सफल पार्न किसानका घरगोठमा पुगेर खोप लगाइने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्