Logo
Logo

सभामुख र शीर्ष नेताबीचको छलफल दुई बजेलाई सर्‍याे


2.1k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख चार दलका शीर्ष नेताबिच तय भएको छलफलको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि आज बिहान साढे १० बजेका लागि तय भएको सभामुख र शीर्ष नेताबिच छलफलको समय दिउँसो २ बजेका लागि सरेको हो ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बिहान साढे १० बजेका लागि तय भएको समय २ बजेका लागि सारिएको जानकारी दिए । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो ।

प्रमुख प्रतिपक्षको चेतावनीबिच सभामुखले प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । सभामुखसँगको छलफलमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्