Logo
Logo

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने


630
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान बसेको कांग्रेसको पूर्व तथा वर्तमान पदाधिकारी बैठकले मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

बजेट अधिवेशनको तयारी, संसद्मा आएका विधेयक, संसद्को अहिलेको अवस्था लगायत संसदका समसायिक विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

मंगलबारै प्रतिनिधि सभाको बैठक बस्दैछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्