Logo
Logo

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै दिइने


504
Shares

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको आयोगले ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।

त्यसपछि आजै ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । आगामी बैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हुँदैछ । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्