Logo
Logo

गगन थापा र कृष्ण सिटौला बालुवाटारमा


9.4k
Shares

This image has an empty alt attribute; its file name is gagan-thapa-krishna-sitaula.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनीहरु केहि बेरअघि बालुवाटार पुगेका हुन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएका थिए । तर, देउवाले थापा र सिटौलालाई पठाएका हुन् ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्