Logo
Logo

रविमाथि प्रश्न उठाउनु राजनीतिक पूर्वाग्रह हो : प्रधानमन्त्री


378
Shares

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भन्ने मनशायले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको बताएका छन् । बिहीबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो आराप लगाएका हुन् ।

उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राजनीतिक पूर्वाग्रहपूर्ण रहेको समेत बताए । ‘रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो’ प्रचण्डले भने, ‘त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।’

प्रधानमन्त्री प्रचण्डले छानबिन गर्ने संस्थाले नै सहकारी ठगीमा रविको संलग्नता छैन भनेको बताउँदै भने, ‘समिति बनाएर के छानबिन गर्ने ?’ सदन अवरोध खोल्ने काममा सरकारसँगै सभामुख सचेत रहेकोले राजनीतिक समझदारीबाटै यसको समाधान खोजिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्