
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ ।
बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन एक लाख ३९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।














