काठमाडौं । डिशहोम डीटीएचका ग्राहकले अब जति रकम रिचार्ज गर्नेछन्, उतिनै रकम वोनस स्वरुप प्राप्त गर्ने भएका छन् ।
ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन ।
३६५ दिनदेखि रिचार्ज नगरेको गाहकलाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्छ, उति पैसा वोनसस्वरुप पाउने भएका हुन् ।

यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै वोनस प्राप्त गनेैछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।
यस्तै, नियमित रिचार्ज गरिरहेका ग्राहकले भने एक वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निशुल्क डिशहोम हेर्ने पक्का मौका’ पाउने कम्पनीले जनाएको छ ।
डिशहोम डि.टि.एच.का नियमित ग्राहकले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।














