Logo
Logo

सिंगापुर लकडाउन, २० हजार विदेशी कामदार क्वारेन्टाइनमा


- दृष्टि न्युज/संवाददाता


सिंगापुर, २४ चैत (एपी) । सिंगापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन् । उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्वारेन्टाइनमै बस्नुपर्ने सिंगापुरको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
क्वारेन्टाइनमा बसेका कामदारहरूलाई पारिश्रमिक भने उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
सिंगापुरमा सोमबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार ३०९ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । कुल ४० हजारको परीक्षण गरिएको छ । संक्रमितमध्ये ३२० जना सन्चो भएर घर फर्किएका छन् भने अरु ९८३ जना अझै पनि विरामी अवस्था मै रहेका छन् । ती मध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
संक्रमण फैलिनेक्रम चलिरहेकाले सरकारले मंगलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ । लकडाउन लागु गरिने भएकाले एक महिनाका लागि शैक्षिक संस्था तथा अत्यधिक मानिसहरूको ओहोरदोहोर हुने अन्य कार्यस्थललगायतका क्षेत्र बन्द गर्न लगाइएको छ ।

(((

प्रतिक्रिया दिनुहोस्