Logo
Logo

आईपीएलमा आज दुई खेल हुँदै


1.4k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ः४५ बजे चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल रायल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच हुँनेछ । उक्त खेल बैंगलुरुस्थित एक चिन्नास्वामी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको लिग उत्तरार्धतर्फ लम्किरहेकाले आइतबारको दुवै खेल रोमाञ्चाक हुने पक्का छ ।

राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिचको खेल त अझ रोमाञ्चक हुने अनुमान गरिएको छ । हाल राजस्थान १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चेन्नई सुपर किङ्स भने १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

जारी सिजनको आईपीएलमा राजस्थानले १२औं र चेन्नईले १३औँ खेल खेल्न लागेका हुन् । राजस्थानले यसअघि खेलिएको ११ मध्ये आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । चेन्नईले भने यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ ।

आइतबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । राजस्थान रोयल्स यो खेलमा चेन्नईलाई हराउँदै क्यालिफायर चरणमा पुग्ने दोस्रो टोली बन्ने धुनमा रहने छ । कोलकाता नाइट राइडर्स भने यसअघि नै प्रतियोगिताको क्वालिफायर चरणमा प्रवेश गरिसकेको छ ।

अर्कोतिर, चेन्चई सुपर किङ्स पनि यो खेलमा बलियो राजस्थानलाई हराउँदै प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवितै राख्ने योजनामा रहने छ । राजस्थान र चेन्नई जारी सिजनमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्