काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्योकज ल्याउने घोषणा गरेका हुन् ।
सरकारले भैरहवा र पोखरामा उडान भर्नेलाई विशेष प्रोत्साहन प्याकेज दिने भएको हो । त्यस्तै, सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्ने तथा पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरेको छ ।














