
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने छ ।















