
काठमाडौं । सहसचिव इन्द्रदेव यादवले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरी सहसचिव यादवलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् । उनी मंसिर ४ मा महोत्तरीको प्रमुख जिल्ला अधिकारीबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
यसअघि विभागका महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो । उनको सरुवापछि रिक्त रहेको पदमा यादवलाई पठाइएको हो ।


















