Logo
Logo

नेपालमा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता कति ?


189
Shares

काठमाडौं । नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या एक करोड २७ लाख पुगेको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २०७९ असार मसान्तसम्म प्रयोगकर्ताको संख्या एक करोड आठ लाख थियो । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार २०८१ वैशाख सम्म १९ लाख बढेर प्रयोगकर्ताको संख्या एक करोड २७ लाख पुगेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्त सम्म डेबिट कार्डमार्फत ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दुई वर्षअघि (२०७९ असार मसान्तसम्म) डेबिट कार्डमार्फत ८३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यता डेबिट कार्डसँगै नेपालमा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । २०७९ असार मसान्तसम्म दुई लाख ३८ हजार रहेको क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २०८१ वैशाख मसान्तसम्म आइपुग्दा दुई लाख ८६ हजार पुगेको छ । यस अवधिमा क्रेडिट कार्डमार्फत एक अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैङ्कको तथ्याङ्कमा छ ।

प्रतिक्रिया दिनुहोस्