Logo
Logo

इभी गाडीको कर छली महसुल असुल गर्न समिति गठन


630
Shares

काठमाडौं । विद्युतीय गाडीमा मोटर किलोवाटमा छली भएको आरोप लाग्ने गरेको छ । छली भएको गुनासो बढ्न थालेपछि महसुल असुल गर्न २ वटा छुट्टा छुट्टै समिति गठन गरिने भएको छ ।

इभी गाडीहरूमा किलोवाट छली भएको विषयमा भन्सार विभागले समेत आन्तरिक अध्ययन गरेको थियो । अध्ययनको क्रममा इभी गाडीमा बढी किलोवाटको गाडीमा कम लेखाएर ल्याएको खुलेपछि विभाग अघि बढेको हो ।

भन्सार विभागले जेठ ४ गते नै सबै कार्यालयहरूलाई पत्राचार गर्दै इभी गाडीको किलोवाट छलीमा उच्च सतर्कता अपनाउन पत्राचार गरिसकेको छ । साथै, छली भएको कर असुल गर्न समेत निर्देशन दिइसकेको छ । इभी गाडीमा भएको महसुल निर्धारण तथा छुट भएको महसुल निर्धारण गर्न भन्सार जाँच पासपछिको परीक्षण कार्यविधि २०७८ अनुसार समिति गठन हुने भएको हो ।

कार्यविधिको दफा ६ को (४) मा (४) तोकिएको लक्ष्य बमोजिमका निकासीकर्ता वा पैठारीकर्ताहरू, फर्महरू वा माल वस्तुहरु वा प्रज्ञापनपत्रहरु छनौट गर्न तथा छनौटको लागि नीतिगत परामर्श दिन विभागमा देहाय बमोजिमको एक छनौट समिति रहनेछ भनि उल्लेख छ ।

समितिले कुन-कुन कम्पनीले कति गाडी भित्र्याएर कर छली गरे भन्ने विषयमा कर परिक्षणका लागि प्रज्ञापनपत्र छनोट तथा परामर्श दिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्