Logo
Logo

सूचना प्रविधि प्रयोगशालामा क्रिप्टो माइनिङ हुने गरेको खुलासा


378
Shares

काठमाडौं । सूचना प्रविधि प्रयोगशालामा क्रिप्टो माइनिङ हुने गरेको रहस्य खुलेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत तालिम संस्था (टिटी)को भवनस्थित प्रयोगशालामा यस्तो कारोबार हुने गरेको रहस्य बाहिर आएका हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिप्टो माइनिङमा संलग्न दुई जनालाई पक्राउ गरेसँगै रहस्य खुलेको हो ।

सीआईबीले कीर्तिपुरका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको जनाएको छ । ब्युरोबाट खटिएको टोलीले टिटी भवनका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणपछि क्रिप्टो माइनिङ भएको पत्ता लागेको थियो ।

सीआईबीका अनुसार एक सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप सञ्चालन भएको पाइएको छ । ती सबै सर्भर र कम्प्युटर (सीपीयू ६४ थान) सीआईबीले आफ्नो नियन्त्रणमा लिएको छ ।

संलग्नलाई ३० गते पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्