Logo
Logo

काेशी प्रदेशको बजेट ३५ अर्ब २७ कराेड


189
Shares

बिराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । कोशी सरकारले आर्थिक वर्ष २०८१/०८२ काे लागि ३५ अर्ब २७ कराेड ८५ लाख बजेट ल्याएकाे छ ।

कोशी सरकारले चालु आर्थिक वर्षकाे भन्दा एक अर्ब कमकाे बजेट ल्याएको छ । आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको जानकारी दिए ।

मन्त्री मगरका अनुसार बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो । बहुबर्षीय तथा नयाँ भाैतिक पूर्वाधार विकासका लागि सरकारले १० अर्ब ५१ करोड, भूमिगत सिँचाइका लागि २० कराेड, विद्युतीय चार्जिङ स्टेसनका लागि ३ कराेड र एक घर एक धाराको याेजनाका लागि एक अर्ब ३८ कराेड बजेट विनियोजन गरेकाे छ ।

प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ कराेड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ कराेड र सामाजिक क्षेत्रकाे विकासका लागि १ अर्ब ९८ कराेड बजेट विनियोजन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्