Logo
Logo

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ६६ करोड बढी राजस्व सङ्कलन


252
Shares

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा रु दुई अर्व ६६ करोड ८० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवको ११ महिनामा रु दुई अर्ब ५० करोड १९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो । आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । “व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व सङ्कलनको लक्ष्य नभेटिए पनि हालको सङ्कलन दर कायम राख्नुपर्ने चुनौती छ”, उनले भने ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब २२ करोड, भाडा आयकरबाट रु तीन करोड चार लाख, ब्याजबापत रु १० करोड २१ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ११ करोड ९५ लाख, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी आचार्यले बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा रु तीन अर्व ७९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्