काठमाडौं । एनएमबी बैंक र कतार एयरवेजबीच ग्राहकलाई हवाई भाडामा विशेष छुट दिने सम्झौता भएको छ । आज भएको सम्झौता अनुसार बैंकका ग्राहकले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका ग्राहकले हवाई छुटको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको टिकट काट्दा ग्राहकले अनलाइन प्रमोसनल कोट क्यूआर एनएमबी २४ प्रयोग गर्नुपर्ने छ ।
यस सम्झौता संगै बैंकका ग्राहकले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । त्यस्तै, कतार एयरवेजका विद्यार्थी क्लबका विद्यार्थीहरुले लगेज लगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।














