Logo
Logo

के हो सिटिजन बैंकको ल्याएको ‘रियल टाइम फिक्स डिपोजिट’ ?  के छ फाइदा ?


315
Shares

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई लक्षित गरेर विभिन्न योजनाहरू ल्याउने गरेको छ । त्यही सिलसिलामा बैङ्कले ‘रियल टाइम फिक्स डिपोजिट’ योजना ल्याएको छ । 

रियल टाइम फिक्स डिपोजिट भनेको आफैले आफ्नो कम्प्युटर, ल्यापटप वा मोबाइलबाट घरमा बसी–बसी खोल्न मिल्ने मुद्दती खाता हो । यो खाता मोबाइल बैङ्कको एप्समार्फत सजिलै खोल्न सकिन्छ ।

यसले सिटिजन्स बैंकमा कारोबार गर्दै आएका र नयाँ ग्राहकहरूलाई घरमै बसेर आफ्नो रकम जम्मा गर्ने अवसर प्रदान गरेको छ ।  यसबाट ग्राहकहरूलाई सानो कामका लागि बैङ्कको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । 

कसरी खोल्ने खाता ? 
यो खाता खोल्न सबैभन्दा पहिला सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल एप्लिकेशनमा लगइन गर्नुपर्दछ । त्यसपछि त्यहाँ देखिने ‘मोर’ अप्सनमा क्लिक गरेर ‘फिक्स डिपोजिट’ लेखिएको ठाउँमा क्लिक गर्नुपर्दछ । 

त्यहाँ देखिने फिक्स डिपोजिट गर्ने विभिन्न योजनाका प्रकारहरूमध्ये आफूलाई मनपर्ने वा खोल्न चाहेको मुद्दती योजना छानेर रकम जम्मा गर्ने अवधि र जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्छ । 

यी सबै काम गरेपछि आफ्नो इमेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुपर्छ र तपाईँले उपलब्ध गराउनुभएको सबै विवरण ठिक भएको वा नभएकोबारे आफैँले जाँच गर्नुपर्छ । 

यदि सबै विवरण ठिक भएको खण्डमा सिटिजन्स बैंक इन्टरनेशनले ग्राहकको सो इमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउने छ र त्यसलाई पनि जाँच गर्नुपर्छ । 

यसरी मुद्दती खाता बनाउँदा र रकम जम्मा गर्दा तपाईँको खातामा आवश्यक रकम भने हुन जरुरी छ ।

के हो फिस्स डिपोजिट ? 
बैंकका अनुसार फिक्स डिपोजिट भनेको एक प्रकारको वित्तीय लगानी हो जुन व्यक्तिहरूलाई बैंक वा वित्तीय संस्थानबाट प्रदान गरिन्छ । 

यसमा निश्चित समयका लागि निश्चित रकम जम्मा गर्नु पर्दछ । फिक्स डिपोजिटमा राखिएको पैसा बैंकमा सुरक्षित रहन्छ र ब्याजका रूपमा प्राप्त गर्न सकिन्छ । 

फिक्स डिपोजिट जति लामो समयसम्मको लागि लगानी गर्नुहुन्छ, ब्याजदर पनि उति नै उच्च हुँदै जान्छ । छोटो अवधिको फिक्स डिपोजिट तीन महिनाको हुन्छ भने भने दुई वर्ष वा सोभन्दा बढीको लागि गरिएको फिक्स डिपोजिटहरू दीर्घकालीन लगानी मानिन्छ ।

फिक्स डिपोजिटमा बैङ्कले बजारको जोखिम र प्रतिफल दुवैको ग्यारेन्टी गरेको छ । अहिले सिटिजन्स बैङ्कले भ्वाइस रेकर्ड गराएर पनि यो खाता कसरी खोल्ने भन्ने कुरा सिकाएको छ । यसमा एक महिलाको आवाजमा रेकर्ड गराइएको छ र उसले यो रियल टायम फिक्स डिपोजिट खाता कसरी खोल्ने भन्ने जानकारी दिन्छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १७ लाख ३५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

हाल बैंक ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्