काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले मुलुकको अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरि बजेट कार्यान्वयन गर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित माओवादी केन्द्र अछाम-काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा पुनले उत्पादन, रोजगारी सिर्जना लगाएतका बिषयका केन्द्रीत गरि बजेट निर्माण गरिएको भन्दै अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरि बजेट कार्यान्वयन गर्ने बताए ।

वर्तमान सरकारले आत्मनिर्भर उत्पादनमा जोड दिएका कार्यकर्ताहरुलाई उत्पादनसंग जोड्दै अघि बढ्ने उहाले बताए । माओवादी केन्द्रका नेता समेत रहेका पुनले संविधानले कल्पना गरे अनुसारको समाजवादमा जाने गरि कार्यक्रम र विचारलाई अघि बढाइने उल्लेख गरे ।
उनले पुरातन समाजवादीका साथै एकात्मक समाजवाद नेपालमा सम्भव नभएको पनि बताए ।














