Logo
Logo

त्रिशुलीमा वेपत्ता अर्का यात्रुको पहिचान खुल्यो, एञ्जल डिलक्समा सवार थिए


1.8k
Shares

काठमाडौं । गैँडाकोटको थुम्सी नजिकै हिजो शनिबार भेटिएको दुई शवमध्ये अर्को शवको पनि पहिचान भएको छ । अर्को शव सिमलताल दुर्घटनामा परेर बेपत्ता भएका चितवनको माडी नगरपालिका वडा नं १ का विकास परियारको भएको पुष्टि भएको हो ।

मृतक विकासका दाई विजय परियारले उक्त शव आफ्नो भाइ भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए । बिरगञ्जबाट काठमाडौं आइरहेको एन्जल लेखेको बागमती प्रदेश०३–००६ख १५१६ नं. बसमा विकासले यात्रा गरेका थिए । एञ्जल यातायातको यात्रु यसअघि भेटिएको थिएन ।

गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भइसकेको छ । योसँगै अहिलेसम्म ३ जनाको शव भेटिएर पहिचान भएको छ । शुक्रबार बिहान करिब साढे ३ बजेतिर सिमलतालमा लेदोसहित आएको पहिरोले बगाउँदा दुईवटा बस र बसका यात्रु त्रिशुलीमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्