Logo
Logo

नेपालसँगको विशेष मित्रता महत्वका साथ लिएका छौंः भारतीय विदेशमन्त्री


0
Shares

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् ।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् ।

सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् । ‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ,’ जयशंकरले लेखेका छन् । नले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री शाहको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000