Logo
Logo

भारतीय टोलीद्वारा त्रिशूलीमा वेपत्ता बस र यात्रुको खोजी सुरू


2k
Shares

काठमाडौं । भारतीय टोलीले चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजी सुरु गरेको छ । शनिबार चितवन आइपुगेको भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको विशेषज्ञसहितको टोलीले आज बिहानदेखि उद्धारको काम सुरु गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ सदस्यीय उद्धार टोली कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रको टिमसँग रहेर काम गर्ने जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई वटा बस अझै भेटिएका छैनन् । दुई बसमा सवार ६५ जना यात्रुमध्ये घटनाको १० दिन बितिसक्दा पनि २५ जनाको मात्रै शव भेटिएको छ ।

तीमध्ये १८ जनाको सनाखत भएर परिवारले शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घट्नास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, ¥याफटिङ बोट, मोटरबोट, गोताखोर र पैदलमार्फत खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्