काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेट नेपालले २५–२० ले जितेको हो । सअघि आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
फाइनलमा नेपालले भारतसँग खेल्ने छ । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।














