काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ ।
दुर्घटना छानबिन समितिको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।














