काठमाडौं । नेपाली कांग्रसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ । समितिको बैठक यही मंसिर ९ गते बस्नेछ ।

समितिका संयोजक सचिवालय समन्वय समितिका दीपकप्रसाद कुइँकेलका अनुसार बैठक बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ ।
बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यसहित महाधिवेशन तयारी समितिमा रहेका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।


















