Logo
Logo

‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान


1.3k
Shares

काठमाडौं । नेपाल जनप्रशासन संघले ‘हेमबहादुर मल्ल सम्मान २०७९’ कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘हेमबहादुर मल्ल सम्मान ०७९’ डा. थापालाई हस्तान्तरण गरेका हुन् ।

संघले साल्ट ट्रेडिङ कर्पाेरेसनको सौजन्यमा ०६० देखि दुई लाख रुपैयाँ राशी पुरस्कार वितरण गर्दै आएको छ । सार्वजनिक क्षेत्रमा नेतृत्वदायी भूमिका रहेर काम गरेकालाई हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आइएको छ । स्व. हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पाेरेसनका संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा बसेर काम गरेका थिए ।

उनको सम्झनामा यस्तो पुरस्कार प्रदान गरिँदै आइएको छ । संघको आयोजना र कर्पाेरेसनको सौजन्यमा यो सम्मान प्रदान गरिन्छ । सोही क्रममा यसपटक डा. थापालाई यो सम्मान प्रदान गरिएको हो ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. थापाले ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिका लागि योगदान पु¥याएका छन् । त्यसकै कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्