Logo
Logo

फाइनलमा अयोग्य ठहरिएपछि फोगटले कुस्तीबाट लिइन् सन्यास


1k
Shares

काठमाडौं । ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि भारतीय पहलमान विनेश फोगटले सन्न्यासको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कुस्तीलाई ‘अलबिदा’ गरेकी छन् ।

५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर, ओेभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो । त्यससँगै उनले कुनैपनि पदक नपाउने भएकी छन् । उनले कुस्तीले जितेको र आफूले हारेको बताएकी छन् ।

‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो ।अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती’ उनले समाजिक सञ्जाल एक्स्मा लेखेकी छन् ।

२९ वर्षीय फोगटले सन् २००१ देखि कुस्ती खेल्न थालेकी हुन् । उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्तीबाज बनेकी थिइन् । तर, फाइनल खेल्न वञ्चित भएप्छि उनी रित्तो हात घर फर्किँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्