
काठमाडौं । कञ्चनपुरमा एक युवती रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । बुधबार साँझ भीमदत्त नगरपालिका–३ तिलकपुरमा २२ वर्षीया सानु विष्ट घरनजिकैको जंगलको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीले युवती घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । उनी विवाहित हुन् । उनका श्रीमान पनि घरमै छन् । घटना सम्बन्धमा थप अनुसन्धान थालिएको डीएसपी जोशीले बताए ।














