Logo
Logo

दुई मन्त्रीको वरीयता हेरफेर, मन्त्री पाण्डे बढुवा हुँदा पौडेल १६ नम्बरमा पुगे


7.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा वरीयता हेरफेर भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहीबार मौजुदा मन्त्रिपरिषद्को वरीयता हेरफेर गरेको जानकारी दिएको हो ।

जसमा १६ औं स्थानमा रहेका पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् भने पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । राष्ट्रपतिले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्