Logo
Logo

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो प्रतिव्यक्ति १ लाख


945
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय महिला भलिबल टीमलाई सम्मान गरेको छ । काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

राष्ट्रिय टीमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले १–१ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तीन जना अफिसियललाई ५०–५० हजार रुपैयाँ प्रदान गरिएको छ । खेलाडीहरूलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगाले तथा महानगरका कर्मचारीहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्