काठमाडौं । सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले यो निर्देशिका ल्याएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । मुख्यसचिवका रुपमा बैरागीको कार्यकाल करिव ३ महिना बाँकी थियो । तर सचिवबाट अवकाश पाउन लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने गरी बैरागीले ३२ जेठ २०८० मा मुख्य सचिवबाट राजीनामा दिए ।
त्यसपछि मन्त्रिपरिषद्ले बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।














