काठमाडौं । गोर्खा जिल्ला गण्डकी गाउँपालिका-५ रामपुरका क्यान्सर पीडित निरमाया थापा मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बिहिबार ‘निरमाया थापा मगर बचाउ अभियान’ बाट सङ्कलन भएको ११ लाख ४८ हजार ६७० रुपैयाँ रकम बिरामी निरमायालाई हस्तान्तरण गरेको अभियन्ता ईश्वर बन्जाराले जानकारी दिए ।
अभियन्ता ध्यान कुमार राईको खातामा ९ लाख २८ हजार ६२७ रुपैयाँ र बिरामिको खातामा २ लाख २० हजार ४३ रुपैयाँ गरि निरमाया थापा मगर बचाउ अभियानबाट संकलन भएको रु ११ लाख ४८ हजार ६७० रुपैयाँ सहयोग हस्तान्तरण गरेको बन्जराले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा अभियन्ता बम बहादुर अभियन्ता तथा युवा नेता ईश्वर बन्जारा, समाजसेवी महेन्द्र मगर, समाजसेवी इन्द्र लिमेल मगर, समाजसेवी सुखराज राई, अभियन्ता, कर्ण क्याप्छाकी मगर, रेनु मगर, जीवन मगरलगायत उपस्थित थिए ।
स्तनभन्दा मुनि मासुको डल्लो रहेको स्थानमा असहज भई स्वास्थ्यमा समस्या आएपछि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा परिक्षण गर्दा क्यान्सर भएको देखिएको थियो ।
मासुको डल्लोभित्र रहेको भाईसलाई मार्न र मासुको डल्लो सुकाउन आठपटक किमो चढाईसकेपछि डाक्टरको सल्लाहअनुसार साउन २५ गते शुक्रबार नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा अप्रेसन हुन लागेको बिरामीका भाइ केदार आले मगरले जानकारी दिए ।
किमो चढाउनेदेखि सिटी स्क्यान गर्ने लगायत अन्य उपचारमा चार लाख रुपैयाँ सकिएको केदार आलेले जानकारी दिए । निरमायाको थप उपचार गर्नको लागि परिवारको आर्थिक अवस्था कम्जोर भएकाले अभियान्ताहरु ध्यान कुमार राई, बमबहादुर मगर, ईश्वर बन्जारा, मान बहादुर मगर (अर्जुन), प्रकाश बन्जारा, सन्देश मगरलगायत थुपै अभियन्ता र सहयोगी मनहरुसँग हारगुहार मागेर ‘निरमाया थापा मगर बचाउ अभियान’ संचालन गरेको उनले जानकारी दिए ।
उनका अनुसार जेठ १९ गतेदेखि सुरु गरिएको यस अभियान साउन २४ गते संकलन भएको रकम बिरामीलाई हस्तान्तरण गर्दै बन्द गरेको हो । उनका अनुसार चन्द्र कुमार राई नेपाल, ध्यान कुमार राई नेपाल, ईश्वर बन्जारा नेपाल, रेनु मगर नेपाल,बम बहादुर मगर दुबई, नवीन खपाङ्गी मगर साउदी, राम लुङ्गेली मगर कतार, कविराज आले मगर साउदी, किरण आले राना मगर कुवेत, केदार आले मगर कुवेत, प्रकाश बन्जरा मलेसिया, सन्देश मगर साउदी अरब, मान बहादुर मगर (अर्जुन) कुवेत, गणेश मगर (सिमसोम) कोरिया, अशोक लुङ्गेली मगर (सागर) साउदी, चन्द्र गुर्मछान मगर नेपाल, पुकल श्रेष्ठ मलेसिया, चुडामणि दाहाल कतार, हरि श्रेष्ठ कतार, अनिल राई कुवेत, गुना राई कुवेत, सुनिता मगर कुवेत, सुस्मा सुवेदी नेपाल, सेर ब. थापा मगर नेपाल, चन्द्र ब.गन्द्रमा नेपाल, सुर्य राना मगर कुवेत, जगत राना मगर कुवेत, देवु श्रेष्ठ बेलायत, ईन्द्र लिमेल मगर नेपाल, उमेश श्रेष्ठ नेपाल, नैन खपाङ्गी मगर साउदी, कृष्ण श्रेष्ठ नेपाल, चन्द्र राई नेपालबाट सहयोग सङ्कलनमा अभियन्ताको मुख्य भूमिका थियो ।
खोटाङ बाराहापोखरी गाउँपालिका-२ सुन्तले खण्डपुरमा जन्मिएका निरमायाले गोर्खा गण्डकी गाउँपालिका-५ रामपुरका हिरा थापा मगरसँग बिबाह गरेका थिए । निरमाया विगत केहि वर्षदेखि ललितपुरको एकान्तकुनामा बस्दै आएका छन् ।
सहयोग गर्नेहरुको लिस्ट





















