काठमाडौं । काठमाडौं प्लाजा र दरबारमार्ग–बीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ । त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।
बिहीबार राति सडक भासिएको खबर पाएपछि गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनी डिस्चार्ज भइसकेका छन् ।
भ्वाङ परेपछि रातिदेखि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ । दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ ।














