Logo
Logo

काठमाडौं प्लाजानजिक सडक भासिएर भ्वाङ पर्‍याे


2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ । गएराति टुकुचा छोपेर बनाइएको दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक खण्ड भासिएको हो । अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्ने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्