Logo
Logo

इजरायल जाने कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन छानबिन समिति गठन


252
Shares

काठमाडौँ । सरकारले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे विभिन्न प्रश्न उठेपछि छानबिन समिति गठन गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो ।

नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट हुने छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि प्रवक्ता रिजालले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्