Logo
Logo

लोकतन्त्रमा व्यक्ति बलियो होइन संस्था बलियो बन्नुपर्छ : मीनेन्द्र रिजाल


378
Shares

चितवन । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले लोकतन्त्रमा व्यक्ति बलियो नभई संस्था बलियो हुनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन व्यक्ति बलियो भएर हुँदैन । हाम्रो व्यवस्था र संविधान बलियो हुनुपर्छ ।’

फाइल तस्वीर

कांग्रेस र एमालेको गठबन्धन व्यवस्था र संविधान बलियो बनाउन हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘कांग्रेस र एमालेले साझा जिम्मेवारीमा भोलि एकअर्कासँग प्रतिस्पर्धा गर्ने र आज लोकतन्त्रलाई मूल दायित्वमा लियर जाने हो भने हाम्रो सिस्टम र संविधान बलियो हुन्छ ।’

बहुमतको सरकारले जनताको अपेक्षा पूरा गर्न सक्ने भए पनि अहिले जोड घटाउमा लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ थियो । जनताको विश्वासमा घात हुन नहुने रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्