काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।

सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने समिति सभापति सूर्य थापाले बताए । सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी गराएका छन् ।
बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।














