
काठमाडाौं । प्रधानमन्त्री बालेन शाह भारतको औपचारिक भ्रमणमा निस्केका छन् । उनी ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको नियमित उडानमार्फत आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
उनलाई बिदाइ गर्न विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दिल्ली गएका उनी नेतृत्वको प्रतिनिधिमण्डल भोलि स्वदेश फर्किने कार्यक्रम छ ।


















