Logo
Logo

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे ३९ करोड 


252
Shares

काठमाडौँ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१  मा ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सूर्य ज्योतिले अघिल्लो आव २०७९/८० मा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यो वर्ष झण्डै २३ करोड ५४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको विवरणले देखाएको छ । कम्पनीले एक वर्षमा ९ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क ७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको कुल बीमा शुल्क २ अर्ब १३ करोडले बढेको हो ।

त्यसैगरी, कम्पनीको खुद बीमा शुल्क ९ अर्ब १० करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क ७ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । ८७ करोड ३ लाख रुपैयाँ कमिसन भएको कम्पनीको नवीकरण बीमा भने ६ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

५ अर्ब १ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ९५ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको इपिएस ३.५५ प्रतिशतबाट वृद्धि भएर ८.७२ प्रतिशतमा पुगेको छ । त्यसैगरी, कम्पनीको नेटवर्क १३०.५६ रुपैयाँ र प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ रहेको छ ।

कम्पनीले सार्वजनिक गरको विवरण अनुसार सूर्य ज्योति लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा वृद्धि देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्