काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने विचार राखेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको बताएका हुन् ।
पौडेलले अघि भने, ‘प्रिमियम जम्मा भएन । सरकारले अन्य स्रोतहरु सुनिश्चित गर्न सकेन । अस्पतालहरुमा अर्बौं तिर्न बाँकी छ । ९ अर्ब सरकारले तिर्न बाँकी छ । यही ढंगले चलेर स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन ।’
उनले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न र स्रोत सुनिश्चित गर्नका लागि विकल्पहरु बैठकमा पेश गरेका थिए । स्रोत सुनिश्चित गराउनका लागि पार्टीको पनि सहयोग पौडेलले अपेक्षा गरे । नीतिगत रुपमा गर्नुपर्ने कार्यका लागि आवश्यक पहल गरिदिन पार्टीमा उनले अनुरोध गरे ।














