Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गते सम्मका लागि स्थगित


315
Shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा.मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले बैठकका एजेन्डामाथि केन्द्रीत रहेर आ-आफ्नो धारणा राखेका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्