Logo
Logo

नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार : विक्रम मिस्री


504
Shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको बताएका छन् ।

नेपालको दुई दिने भ्रमणपछि सोमबार दिल्ली पुगेका मिस्रीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरेका छन् ।

विदेशसचिव मिस्रीले विज्ञप्तिमा लेखेका छन्, ‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको छ ।’

विदेशसचिव मिस्रीले नेपालमा समकक्षी लमसालसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री श्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री श्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरे । भेटहरूमा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्ने तरिकाबारे छलफल भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तैं भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे । जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको उनले बताएका छन् ।

काठमाडौं । भारतका विदेश सचिव श्री विक्रम मिस्रीले नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिति २०८१ श्रावण २७ गतेदेखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुभयो । गत महिना विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि यो वहाँको पहिलो नेपाल भ्रमण हो ।

भारतका विदेश सचिव श्री विक्रम मिस्रीले नेपालका परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा मिति २०८१ श्रावण २७ गतेदेखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुभयो । गत महिना विदेश सचिवको रुपमा कार्यभार सम्हालेपछि यो वहाँको पहिलो नेपाल भ्रमण हो ।

२. विदेश सचिवले आज आफ्ना नेपाली समकक्षीलाई भेट्नुभयो । वहाँहरुबीच भएको बृहत छलफलले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको थियो । दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरुबारे छलफल गर्नुभएको थियो । नेपालका परराष्ट्र सचिवले भ्रमणमा रहेका भारतीय प्रतिनिधिमण्डलका लागि दिवाभोजको पनि आयोजना गर्नुभएको थियो ।

३. विदेश सचिवले हिजो नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल र सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । दुवै राष्ट्रपति तथा प्रधानमन्त्रीलाई भारतका नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गर्दै वहाँले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध पक्षहरुमा भइरहेको प्रगतिका बारेमा पनि जानकारी गराउनुभयो ।

४. विदेश सचिवले आज माननीय उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंह, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेल, माननीय गृहमन्त्री श्री रमेश लेखक र माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । यी भेटहरुमा विविध पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्ने तरिकाबारे छलफल भयो ।

५.भेटघाटका क्रममा दुवै पक्षले ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिए । दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तैं भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको छ ।

६. दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिको प्रशंसा गरे । पछिल्ला वर्षहरुमा ऊर्जा सहकार्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । यस सन्दर्भमा पछिल्लो २–३ वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गरेकोमा दुवै पक्षले खुशी व्यक्त गरे । सन् २०२६ मा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्र सहकार्यले खेलेको भूमिका उपर पनि छलफल भयो ।

७. विदेश सचिवले अन्य वरिष्ठ राजनीतिक नेताहरुका साथै नेपालका नागरिक समाजका सदस्यहरुसँग पनि भेटघाट गर्नुभयो ।

८. भ्रमणका क्रममा शहरी विकास मन्त्रालयका सचिव श्री मणिराम गेलालसँगै विदेश सचिवले काठमाडौंको पुरानो सहरको मुटुमा रहेको रक्तकालीमा प्रख्यात नेपाली कवि कवि केशरी चित्तधर ‘हृदय’सँग सम्बद्ध ऐतिहासिक आवासीय भवन ‘नेपाल भाषा परिषद्’को पनि संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा अघि बढाइएका २८ वटा सांस्कृतिक क्षेत्र पुनर्निर्माण परियोजनामध्ये यो एक हो ।

९. छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको छ ।


नयाँ दिल्ली
२०८१ श्रावण २८

प्रतिक्रिया दिनुहोस्