काठमाडौं । आज संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने बोलाइएको छ ।
आइतबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।














