Logo
Logo

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात


0
Shares

मुस्ताङ । नेपाल-चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो ।

The current image has no alternative text. The file name is: mustang.jpg

गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएकाले  विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन् । यसैबीच, नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पु¥याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न चुनौती खेप्न परेको भन्सार प्रमुखको भनाइ छ ।

सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि सडकमै रहेको पाइएको छ ।

चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब रहेको छ ।

पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए ।कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा रु ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ । त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात  भएको छ ।

त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट रु २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000