Logo
Logo

दुई पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति बन्ने प्रस्ताव पास हुन्छ : विश्वप्रकाश शर्मा


3.3k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए ।

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने उनले बताए । उनले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे ।

महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने बताए ।

उनले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढाउने पनि बताए । शर्माले भने, ‘कांग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला । यो देशमा खाली प्रधानमन्त्री उनै उनै उनै अनुहारहरू भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजा ताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शीतल निवासबाट बढा शीतल शीतल मुद्रामा बिदा भएर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्