Logo
Logo

भारत ‘ए’सँग नेपालको ३०६ रनको लज्जास्पद हार, २६ रनमै समेटियो टोली


0
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभरमै २६ रनमा समेटियो । नेपालको ब्याटिङ निकै कमजोर देखियो । कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।

भारतका प्रिन्स यादवले ५ विकेट लिए । हर्षित रानाले ४ तथा शाहबाज अहमदले १ विकेट लिए । त्यसअघि कुमार कुशाग्र र कप्तान तिलक वर्माको शतकमा भारत ‘ए’ले नेपालसामु ३३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो ।

कुशाग्रले ११७ र तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोडे । ओपनर वैभव सूर्यवंशीले २६ रन बनाए ।

भारत ४२ रनमा ३ विकेट गुमाएर दबाबमा रहेको अवस्थामा कुशाग्र र तिलकले इनिङ सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि २०६ रनको शानदार साझेदारी गरे । भारतको स्कोर २४८ रन पुगेपछि कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक पूरा गरेपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे ।

भारतसँगको हारसँगै नेपालले प्रतियोगितामा खराब सुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000