Logo
Logo

भैंसेपाटीस्थित वाइवल स्कुलको होस्टलमा विद्यार्थी मृत भेटिए


441
Shares

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा युवक मृत अवस्थामा भेटिएका छन् । ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २० वर्षीय सकुल मर्डी मृत भेटिएका हुन् ।

ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले शनिबार बेलुका ८ बजेतिर सकुल मडी स्कुलको होस्टलभित्रको आफ्नै बेडमा मृत भेटिएका जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्